अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय, झुटो बयान दिएको अभियोग



भियना,फागुन १३ । अष्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिनाका जेल सजाय सुनाएको छ ।

कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ ।

सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उनले चान्सलर पदबाट राजीनामा दिदिएका थिए ।
सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्