सांसद ज्ञानेन्द्र शाहीद्वारा संसदमा हंगामा



काठमाडौं,फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको भनेपछि संसदमा केहीबेर हंगामा भएको छ ।

सांसद शाहीले आइतबारको बैठकको विशेष समयमा बोल्दा घाँटी काटेर नआएको भनेपछि सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि बैठकमा केहीबेर हंगामा भएको थियो ।

सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।

शाही बोल्दाबोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्