माघ मसान्तसम्ममा एनआईसी एशिया सेलेक्ट ३० को नाफा १ करोड ५४ लाख



काठमाडौं,फागुन १४ । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ३० ले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा रू. १ करोड ५४ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तको तुलनामा भने ५४ दशमलव ९३ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. ३ करोड ४३ लाख नाफा कमाएको थियो ।

माघ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । पुस मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ७४ लाख रहेकोमा माघ मसान्तमा घटेर रू. ३ करोड ५ लाखमा झरेको छ ।

नाफासँगै फण्डको न्याभ पनि घटेको छ । पुस मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ २५ पैसा रहेकोमा माघ मसान्तमा ११ रुपैयाँ १० पैसामा झरेको हो । त्यस्तै फण्डले माघ मसान्तमा सूचीकृत शेयरमा रू. ८१ करोड १४ लाख लगानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्