घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,फागुन १४ । सुनको भाउ सस्तिएको छ । सोमबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात् आइतबार १ लाख १८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

तर, आज भने घटेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्