वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन



काठमाडौं,फागुन १४ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर उनको टाउकोमा चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्