१४ किलो सुन तस्करी प्रकरणमा जीवन गुरुङ पक्राउ



काठमाडौं,फागुन १४ । १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । पक्राउ परेका गुरुङ प्लाटनिम कलेजका सञ्चालकसमेत हुन् ।

गएको मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा अनुसन्धानपछि गुरुङको संलग्नता देखिएको थियो । सुन तस्करीमा संलग्न यो गिरोहले तस्करी गर्ने सुन विमानस्थलको अध्यागमन क्षेत्रको शौचालयमा लुकाएर कर्मचारीको संलग्नतामा बाहिर ल्याउने गरेको थियो ।

यस प्रकरणमा चन्द्र घले र घलेले नाम लिएका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्