‘फन रन’ आगामी चैतमा



काठमाडौं,फागुन १५ । झन्डै तीन वर्षपछि आगामी चैतमा ‘फन रन’ आयोजना हुने भएको छ । हाइयर ग्राउण्ड नेपालले सोमवार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरेको हो । 

आयोजकका अनुसार उक्त कार्यक्रम आगामी चैत ३ गते ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा बिहान ७ बजे हुने भएको छ । कार्यक्रममा १५ सयभन्दा बढीको सहभागिता हुने आयोजकको अपेक्षा छ । कार्यक्रममा दौडसँगै जुम्बा डान्स पनि गरिने भएको छ । साथै सांगीतिक कन्सर्ट पनि आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा सहभागिताका लागि खल्ती एप वा फन रनको आधिकारिक वेबसाइट (funrunnepal.org/register) मार्फत सजिलै आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।  

यो कार्यक्रम सन् २०१५ देखि वार्षिकरूपमा गरिन थालिए पनि झण्डै तीन वर्षयता रोकिएको थियो । 

अहिलेसम्म यस कार्यक्रममा ३ हजारभन्दा बढी महिलासहित कुल ५ हजारभन्दा बढी सहभागी भइसकेको आयोजकले जनाएको छ । यस वर्ष कार्यक्रममार्फत छात्रवृत्ति तथा महिला सशक्तीकरण कार्यक्रममा सहयोग गर्ने आयोजकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्