बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं,फागुन १५ । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ ।
आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।