छहरे-टोखाको थानापतिमा टोयोटाको ठक्करले टिपर पल्टियो



नुवाकोट,फागुन १५ । नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानपतिमा टोयटा गाडीको ठक्करबाट टिपर सडकबाट पल्टिँएर दुर्घटना भएको छ । मंगलबार दिउँसो टोखा-छहरे सडकअन्तर्गत थानापतीमा सो दुर्घटना भएको हो ।

नुवाकोटको छहरे तर्फ जाँदै गरेको बा ५ ख ४६९९ नम्बरको टिपरलाई सोही दिशातर्फ गइरहेको बा १३ च २२९३ नम्बरको टोयटाले ठक्कर दिएको छहरे अस्थायी पोस्टका असई रामबहादुर घिसिङले बताए ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको असई घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्