गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना



काठमाडौं,फागुन १५ । मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण तीन प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।

उनका अनुसार अन्य प्रदेशमा भने आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । उनले भने, “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना छ, अन्य प्रदेशमा भने आंशिक बदलीको सम्भावना छ ।’’

मौसममा भोलिदेखि मात्र सुधार हुँदै जाने उहाँ बताउनुहुन्छ । अब प्रि मनसुन सुरु हुने भएकाले बेलुकीपख चट्याङसहित पानी पर्ने क्रम बढ्दै जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्