१२ लाखसहित हुण्डी कारोबारी चिनियाँ नागरिक पक्राउ



काठमाडौं,फागुन १६ । हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय चिनियाँ नागरिक जेयु जियायु लाई पक्राउ गरेको हो।

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीमार्फत कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने उनलाई पक्राउ गरेको थियो। उनी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्