भीरबाट लडेर नुवाकोटमा एकजनाको ज्यान गयो



नुवाकोट,फागुन १७ । भिरबाट लडेर नुवाकोटमा एकजनाको ज्यान गएको छ ।

जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ जयडांडा स्थित सोले काउले लामीडांडा भीरबाट लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका ठंकवहादुर सुवेदी रहेका छन् । रसुवाको एक हाइड्रोपावरमा कार्यरत सुवेदी भीरको २ सय मीटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्