तत्काल सत्ता गठबन्धन फेरबदल हुँदैन: खगराज भट्ट
काठमाडौं,फागुन १७ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले तत्काल सत्ता गठबन्धन फेरबदल नहुने बताएका छन् ।
पछिल्लो समय गठबन्धनमा दरार र नेपाली कांग्रेससँग खटपट लगायतका सार्वजनिक भइरहेका खबरको खण्डन गर्दै नेता भट्टले भविष्य बारे भन्न नसकिने तर तत्काल भनेकगठबन्धन टुट्ने संभावना नरहेको बताएका हुन् ।
माओवादी केन्द्रले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र स्थायी कमिटी बैठकले गरेको यो निर्णयबाट एक वर्षअघि निर्माण भएको सत्ता गठबन्धन बारे विभिन्न अडकलबाजी हुन थालेको छ ।

