दुग्ध विकास संस्थानको चिस्यान केन्द्र अगाडि दुई घण्टा चक्काजाम



हिले,फागुन १७ । छ महिना यता दुध भुक्तानी नपाएपछि आन्दोलित बनेका कृषकले चक्काजाम गरेका छन् । दुधको रकम भुक्तानीको माग गर्दै दुध उत्पादक किसानले हिलेस्थित दुग्ध विकास संस्थानको चिस्यान केन्द्र अगाडि दुई घण्टा चक्काजाम गरेका हुन् ।

त्यस्तै, धनकुटाको सिंधुवा, कागतेलगायतको स्थानमा समेत चक्काजाम गरिएको छ । दुग्ध उत्पादन जिल्ला सहकारी सङ्घ  धनकुटाको संयोजनमा भेला भएका कृषकले भुक्तानीको माग गदै नाराबाजीसमेत गरेका छन् । उनीहरुले तत्काल दुधको भुक्तानी, बिमाको व्यवस्था, कृषकको भविष्य सुनिश्चितलगायतका माग राख्दै नारावाजी गरेका हुन्। 

दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेका डिडिसीलगायतका अन्य डेरी उद्योगीहरुले विगत ६ महिना अघिदेखि धनकुटाको मात्र ११ करोड बढी भुक्तानी बक्यौता रहेको दुग्ध सहकारी सङ्घ धनकुटाका अध्यक्ष नारद कटुवालले जानकारी दिए । अब भने किसानहरुलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरिएको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्