नुवाकोट लिखुको महेन्द्र महेशदेव माविको स्काउट क्याम्पमा ‘क्याम्प फायर’



नुवाकोट,फागुन १७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयमा एक दिने स्काउट क्याम्प फायर सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा बिहीबार सम्पन्न भएको क्याम्पमा राति ‘क्याम्प फायर’को आयोजना गरिएको हो ।

महेन्द्र महेशदेव माध्यमिक विद्यालय स्काउट ग्रुपको आयोजनामा सम्पन्न क्याम्पमा विद्यार्थीहरूलाई आत्मरक्षाको पाठ सिकाउन तथा सामाजिक कार्यमा सक्रिय बनाउनका लागि क्याम्प फायरको आयोजना गरिएको सो विद्यालयले जनाएको छ ।

लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको क्याम्पमा विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितात्मक गीत संगीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको स्काउटमा आबद्ध ७० जना छात्रछात्रालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।

तस्वीर श्रोत: सन्तोष राई, अध्यक्ष जिल्ला खेलकुद विकास समिति

प्रतिक्रिया दिनुहोस्