चिनियाँ कम्पनीले ल्यायो नयाँ इलेक्ट्रिक सुपरकार, कति पर्छ मूल्य ?



काठमाडौं,फागुन १८ । विश्वकै अग्रणी विद्युतीय सवारीसाधन र पावर ब्याट्री उत्पादक चिनियाँ कम्पनी बीवाईडीले याङवाङ यु९ मोडलको इलेक्ट्रिक सुपरकार सार्वजनिक गरेको छ । 

उक्त कारको अधिकतम गति प्रतिघन्टा ३०९.१९ किमि रहेको कम्पनीले पठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ई४ प्लेटफर्मको उक्त कार डिसुस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणालीले सुसज्जित छ । 

कारमा १३ सय हर्सपावर र अधिकतम १६८० एन–एम को टर्क क्षमता छ । कारमा सुपर कार्बन–फाइबर केबिन प्रविधि जडित छ, यो प्रविधि गर्मीमा प्रतिरोधी हुने कम्पनीको भनाइ छ ।

कारको मूल्य १६ लाख ८० हजार चिनियाँ युआन रहेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको चिनिया युआनको विक्रीदर अनुसार उक्त कारको मूल्य ३ करोड १० लाख २९ हजार ६०० रुपैयाँ पर्छ । राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार चिनियाँ युआनको विक्रीदर १८ रुपैयाँ ४७ पैसा छ । 

प्रतिक्रिया दिनुहोस्