धनगढीको नवजीवन अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु



धनगढी,फागुन १७ । धनगढीमा रहेको निजी अस्पताल नवजीवन अस्पताल प्रालिले विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेकरो हो । सेवा उपभोगका लागि स्थानीय तहबाट विपन्न पुष्टिसहितको सिफारिस भने आवश्यक पर्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेको सरकारी अस्पताल सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा सञ्चालित डायलासिस सेवा अपुग भएपछि नवजीवनले सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरसँग सहकार्य गरेर गतवर्षदेखि छ शय्याको डायलासिस सेवा सुरु गरेको थियो ।

पाँच वटा डायलासिस शय्या सेन्टर र एक वटा शय्या सघन उपचार कक्ष (आइसीयु) मा रहेको रहेको जनाइएको छ । आइसीयुमा राखेर उपचार गर्नुपर्ने कतिपय बिरामीलाई डायलासिस पनि आवश्यक पर्ने गरेका कारण त्यहाँसमेत डायलासिस शय्या बनाएकोे अस्पतालका डा. विदुरमणि गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्