नुवाकोट लिखुका खड्काले गरे शिवपुरीको जङ्गलमा पेट्रोल खनाएर आत्मदाह प्रयास
नुवाकोट,फागुन १८ । जिल्लाको लिखु गाउँपालिकाका बिकल खड्काले टोखा नगरपालिका वडा नम्बर १ झोरको शिवपुरी जङ्गलमा पेट्रोल खनाएर आत्मदाह प्रयास गरेका छन् ।
शुक्रबार दिउँसो २:३० को समयमा खड्काले आफू चढेको मोटरसाइकल सडकमा रोकी राष्ट्रिय निकुञ्जको तारबारबाट जङ्गलमा प्रवेश गरि आफू माथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको प्रहरी प्रभाग टोखाले जनाएको छ।
अन्दाजी ३० वर्षको नुवाकोट लिखु गाउँपालिका स्थायी घर भएका ब्यक्तिले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। युवाको थप वतन भने खुल्याइएको छैन । प्रहरीका अनुसार युवाको तत्काल उद्धार गरी शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ। आगोले जलेका युवाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

