९९ वटा यौन दुर्व्यहारको आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा



टोकियो,फागुन १८ । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर)ले शुक्रबार राजीनामा दिएका छन् । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरु गरेको आरोप लगाएको छ ।

पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताए । उनले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गरेका छन् जसमा उनले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।

“उनले टेलिभिजनसँगको सम्वादमा भने, “मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।” “प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरुले थप सावधानीपूर्वक अनुसन्धान गरुन्,” उनले भने । प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताएका छन् । 

रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरुले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरु गर्ने र कर्मचारीहरुलाई झुक्न लगाउनेजस्ता कार्यहरु गर्ने गरेको’ आरोप लगाइएको छ । मङ्गलबार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिकरुपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्