नुवाकोट लिखुका आत्मदाह प्रयास गरेका खड्काको आइसियुमा उपचार हुँदै



नुवाकोट,फागुन १८ । शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका नुवाकोट लिखु गाउँपालिका वडा नम्बर १ बराफेदीका विकल्प खड्काको किर्तिपुरस्थित किर्तिपुर वर्न अस्पतालको आइसियु कक्षमा उपचार भैरहेको लिखु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरहरी पाण्डेले बताएका छन् ।

शुक्रबार टोखा नगरपालिका वडा नम्बर १ झोर नजिकैको शिवपुरी बनमा पेट्रोल छर्केर खड्काले आत्महत्याको प्रयास गरेका थिए । अविवाहित २७ वर्षीय खड्काले आत्महत्या गर्न खोज्नुको कारण भने नखुलेको टोखा प्रहरी प्रभागका प्रहरी वरिष्ठ नायव निरीक्षक राजन ढुंगानाले बताए ।

घटनाको खबर प्राप्त गर्ने बित्तिकै प्रहरी वरिष्ठ नायव निरीक्षक ढुंगानाको नेतृत्वमा आएको प्रहरीको टोलीले उद्धार गरी शिक्षण अस्पताल महाराजगन्ज पुर्याएका थिए । आगोले जलेर घाइते खड्काको ३० प्रतिशत अंग जलेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ उदृत गर्दै वडा अध्यक्ष नरहरी  पाण्डेले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्