झापामा सशस्त्र र स्थानीयबीच झडप, सशस्त्रको खुकुरी प्रहारबाट स्थानीय घाइते



झापा,फागुन १८ । शुक्रबार साँझ झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप भएको छ ।

झडपका क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन्।

घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ।

मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा स्थानीय र प्रहरी बीच झडप भएको थियो।

झडपको क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासी प्रहार गरेको स्थानीयले आरोप लगाएका छन्।

खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ। हरि बातरको छातीम चोट लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्