आज नेदरल्यान्ड्सँग नेपाल भिड्दै



काठमाडौं,फागुन १९ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा हिजो नामिबियासँग भएको खेलमा नेपाल ३ रनले विजयी भयो । नेपालको यो पहिलो जित हो ।

शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो । फाइनल खेल मंगलवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्