म्याग्दीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक



म्याग्दी,फागुन १९ । म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।

नगरपालिकाले फागुन १७ गते सूचना जारी गर्दै चिया पसल तथा डेरीहरूले सुर्ती जन्य पदार्थ तथा चुरोट बिक्री नगर्न आग्रह गर्दै बिक्रीमा राखिएको खण्डमा सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ ।

बेनी नगरपालिकाले गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकबाट सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूम्रपान गर्ने बस्तु तमाखु (हुक्का) लाई प्रतिबन्ध गर्नका लागि नीतिगत निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्