कोटिहोमको हवनकुण्डमा आगलागी



अछाम,फागुन १९ । साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ ।

वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको अछाम प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिनुभयो । स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्