सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै नबसी स्थगित



काठमाडौं,फागुन १९ ।  सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ।

शनिबारका लागी बोलाइएको बैठक कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको तेस्रो अधिवेशनको १० औँ बैठक दिउँसो २ बजेका लागि बोलाइएको थियो। समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्