नुवाकोटमा रहेको समता विद्यालयको छैठौं वार्षिकोत्सव सम्पन्न



नुवाकोट,फागुन १९ ।जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको समता विद्यालयको छैठौ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले विदुर नगरपालिकामा सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्न समता विद्यालयले खेलेको भूमिकाको चर्चा गरे । ‘ महँगो शुल्क तिरेर मात्र गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने परंपरागत मान्यतालाई समताले तोडेको छ’ श्रेष्ठले भने– ‘गैर नाफामुलक संस्थाको रुपमा समताले विदुर नगरपालिकाका वालवालिकालाई सरल र शुलभ शुल्कमा शिक्षा दिईरहेको छ ।’

कार्यक्रममा समता विद्यालयका संस्थापक अध्यक्ष दिपक सञ्जेलले समता विद्यालयको सञ्जाल देशैभर रहेको बताए । विद्यालयले राजधानी काठमाण्डौ लगायत देशभरका प्रमुख शहर र ग्रामिण बस्तीमा समेत सरल शुल्कमा हजारौं विद्यार्थीलाई पढाईरहेको छ–सञ्जेलले भने–समता विद्यालयवाट उत्तिर्ण विद्यार्थी डाक्टर, ईन्जिनीयर, सरकारी उच्च ओहोदामा समेत पुगेका छन् । कार्यक्रममा विद्यालयले यस शैक्षिक शत्रमा सञ्चालन गरेका खेलकुदा तथा विभिन्न कार्यक्रमका उत्कृष्ट विद्यार्थीका साथै गत शैक्षिकसत्रमा विभिन्न तहमा उत्तिर्ण उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

समता विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म २ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्रिन्सिपल भावना भट्टराईले बताइन् । यस विद्यालयवाट उत्तिर्ण भई अन्य विद्यालयमा कक्षा ५ भन्दा माथि अध्ययन गर्न गएका विद्यार्थीहरु त्यहाँ पनि उत्कृष्ट स्थानमा रहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्