पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने नुवाकोट लिखुका खड्काको उपचारको क्रममा मृत्यु



नुवाकोट,फागुन १९ । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने नुवाकोट लिखुका विकल्प खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार टोखा स्थित शिवपुरीको जङ्गलमा नुवाकोट लिखु गाउँपालिका वडा नम्बर १ बराफेदिका २७ वर्षीय अविवाहित खड्काले शरीरमा पेट्रोल खन्याएर आत्महत्या प्रयास गरेका थिए ।

टोखा प्रहरीको समन्वयमा घाइते खड्काको उद्धार गरी शिक्षण अस्पताल भर्ना गरिएको थियोे । डाक्टरको सल्लाहमा उनको थप उपचारका लागि किर्तिपुरस्थित किर्तिपुर वर्न अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको लिखु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरहरि पाण्डेले बताए ।

आइसियुमा उपचाररत खड्कालाई शनिबार ११ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्