केपी ओली कपको उपाधि मछिन्द्रले जित्यो



काठमाडौं,फागुन १९ । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले हात पारेको छ ।

शनिबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा साविक विजेता समेत रहेको मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै उपाधि हात पारेको हो ।

यससँगै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि जित हासिल गरेको छ । उपाधि रक्षा गर्न मच्छिन्द्रका लागि टाइब्रेकरमा सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे । 

एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता एनआरटीले पाँच लाख रुपियाँ परस्कार पायो । 

प्रतिक्रिया दिनुहोस्