पिसिसी गरिंदै मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित न्युरोड बजार
मुगु,फागुन २० । मुगु जिल्ला सदरमुकाम गमगढीस्थित न्युरोड बजारमा रहेको कच्ची सडकलाइ डिभिजन कार्यालय जुम्लाले ठेक्कामार्फत् मिक्स्चर मेसिनको प्रयोग गरेर सडक पिसिसी गर्न थालिएको छ ।
यस सडकमा घाम लाग्दा धूलो र पानी पर्दा हिलो हुँदा सरकारले सधैँ गाली पाउने गरेको थियोे ।
बजार क्षेत्रमा पर्ने एक किलोमिटर क्षेत्र सडक डिभिजन कार्यालय जुम्लाले आरसिसीको समेत थालनी गर्ने भएको छ । तस्वीर:रासस

