दुर्घटनामा एकको मृत्यु एक गम्भीर घाइते
झापा,फागुन २० । झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छिन् । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ५५ बर्षकी देवीमाया बि.क.को बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त दुर्घटनामा परी घाइते भएकी ६ बर्षिया बालिका निशा बि.क.को बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
दुर्घटना गराउने मोटरसाइकल चालक मोटरसाइकल छाडेर फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

