एकैदिन २ हजार रुपैयाँले महँगियो सुन, प्रतितोला कति पुग्यो ?



काठमाडौं,फागुन २०। सुनको भाउ ह्वात्तै महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकै दिन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने २ हजार रुपैयाँले वृद्धि भएको छ । योसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि कारोबार मूल्य १ लाख २१ हजार रुपैयाँ कायम गरेको छ ।

यस्तै, साताको पहिलो कारोबार दिनका लागि तेजावी सुनको भाउ भने १ लाख २० हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्