धनकुटामा गाडी दुर्घटना : एकको मृत्यु, १५ घाइते
धनकुटा,फागुन २० । धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।
घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट अमिताब ठाकुरले जानकारी दिए ।
अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ । हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्गमा भारती मावि छेउमा दिउँसो करिब ३ बजे दुर्घटनामा परेको थियो । गाडीमा १७ जना सबार रहेको थिए ।

