स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु



जनकपुर,फागुन २० । जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जनकपुरको एंजल्स स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका-२३ की ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमा र सोही ठाउँ बस्ने ५८ वर्षीया देवकली साहको उपचारका क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुल बसले बिहेको मटकोर विधिका लागि माटो ल्याउन जाँदै गरेका महिलाहरूको समूहलाई ठक्कर दिएको थियो। जसमा जसमध्ये ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर छ र उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्