महानगरका कवाडी संकलकले गरे प्रदर्शन



काठमाडौं,फागुन २१ । काठमाडौंको थापाथलीमा कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले प्रदर्शन गरेका छन् ।

उनीहरूले आइतबार बुद्धनगरबाट सुन्धारासम्म  र्‍याली निकालेका हुन् ।

यसअघि उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै महानगरका कवाडी व्यावसायीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

तर, सो ज्ञापनपत्रमाथि महानगरपालिकाले सुनुवाई नगरी डोजर चलाएको कवाडी संकलकको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्