आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं,फागुन २१ । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात् आइतबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २० हजार ४०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्