प्रधानमन्त्री शीतल निवासमा



काठमाडौ,फागुन २१ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुगेका छन । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुगेका हुन् ।

सत्ता गठबन्धनसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसे लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन्  ।

यसअघि प्रधानमन्त्रीले नेपाल सरकारका कामहरूबारेमा जानकारी दिन राष्ट्रपतिलाई भेट्ने गर्थे भने यस भेटलाई भने राजनीतिक उतार चढावसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्