नयाँ मन्त्रिमण्डलमा नुवाकोटका सांसद हितबहादुर तामाङ



नुवाकोट,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तीन जना बिना विभागीय मन्त्री बनाउने तयारी गरेका छन्। बालुवाटार श्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार शितल निवासमा भेटेर प्रधानमन्त्री प्रचण्डले ३ जना मन्त्रीमण्डल बनाउने जानकारी गराइएको छ।

प्रचण्डले मौखिकरुपमा पौडेललाई सपथ ग्रहणको तयारी गर्न राष्ट्रपति कार्यालयलाई अनुरोध गरेको र केहि समयमा मन्त्रीको नामसहित लिखित पत्र पठाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

एमाले-माओवादी-रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ। हाल एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्री बनाइनेछ।

प्रतिक्रिया दिनुहोस्