२१ लाख नगदसहित पाँच जना पक्राउ
बारा,फागुन २१ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहिठाउ-४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेको बारा प्रहरीले जनाएको छ ।
यसैगरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । फागुन १८ गते रञ्जितलाई अदालत नजिकैबाट नगद पाँच लाखसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यसैगरी अन्य चार जनालाई भने आइतबार बेलुकी ४ बजे विश्रामपुर गाउँपालिका–१ छतवाबाट पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरू भारतबाट बिआर ०५ एआर ३५०९ नम्बरको मोटरसाइकलबाट नेपाल आएपछि चेकजाँच गर्दा १६ लाख ९ हजार बरामद भएको छ । यसरी पक्राउ परेका माथि बैङ्क तथा बितिए संस्था सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

