प्रचण्ड भन्छन्, ‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’



काठमाडौं,फागुन २१ । प्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

उनले सोमबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’ शहीद प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको शहीद सप्ताहको कार्यक्रममा उनले भने, ‘गन्तव्यमा पुग्न आवश्यकता अनुसार दायाँ र बायाँ दुबै खुट्टाले हिँड्न सक्नुपर्छ ।’

प्रधानमन्त्रीले अहिलेको आवश्यकता अनुसार देशका क्रान्तिकारी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताए । यसका लागि पुनः एक पटक बृहत्तर कम्युनिष्ट एकताको ढोका खुलेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई धेरै पटक घेरा हाल्न खोजिएको बताए । त्यस्ता प्रयासलाई चिर्दै आफू अघि बढेको उनले सुनाए ।

उनले आफूमाथि लागिरहेको अविस्वसनीय व्यक्तित्वको टिप्पणीलाई खण्डन गर्न खोजे । ‘म देश र जनताका लागि प्रेडिक्टेबल छु, तर प्रतिक्रियाबादीका लागि जतिबेला पनि लात्ताले हानेर निस्कन सक्छु ।’

प्रतिक्रिया दिनुहोस्