मन्त्रिमण्डल पुनर्गठन: सांसद तामाङसहित ३ मन्त्रीले लिए शपथ



काठमाडौं,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

तीन मन्त्रीले आज सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् । तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्