तनहुँमा करिब ४ किलो गाँजा बरामद



तनहुँ,फागुन २१ । करिब ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ । शुक्लागण्डकी नगरपालिका-५ स्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ४ किलो ७ सय ९० ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको क्याबिनको सिट मुनि राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।प्रहरीले आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि बसका सह-चालकलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि बसका सह-चालकलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्