हत्याका आरोपी नुवाकोट दुप्चेश्वरका तामाङ २३ वर्षपछि पक्राउ



नुवाकोट,फागुन २२ । प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्‍द्र बोगटीका अनुसार हत्या आरोपमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वर्ष ४४ का प्रेमबहादुर तामाङ पक्राउ परेका हुन् ।

तामाङमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप छ।

आफन्तको घरमा त्यसराति घेवा मान्न जाँदा नाँचगान गर्नेक्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्