कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा



सुर्खेत,फागुन २३ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मंगलवार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरूपमा राजीनामा बुझाएका हुन् ।  

राजीनामा बुझाउनुअघि उनीहरूले पत्रकार सम्मेलन गरेका थिए । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुकको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताए । ‘काम गर्ने चाहना थियो । तर, नयाँ परिस्थितिका कारण बाहिरिनुपरेको छ,’ उनले भने ।  

सो अवसरमा तीनैजना मन्त्रीले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्