कांग्रेसले गर्‍यो सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं,फागुन २३ । नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले नेतृत्वको गठबन्धनमा लागेपछि कांग्रेसले उक्त निर्णय गरेको हो । 

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

प्रधानमन्त्री दाहालले सोमबार नयाँ गठबन्धनबाट ३ जना मन्त्री नियुक्त गरिसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्