फेसबुक पुर्णरुपमा सुचारु



काठमाडौं,फागुन २३ । विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या देखिएको थियो । 

मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभई विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए । मेटा कम्पनी अर्को एप ह्वाट्सएप भने चलिरहेको थियो । 

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले यस्तो गुनासो गरेका छन् । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिइरहेको प्रयोगकर्ताको गुनासो थियो । फेसबुकमा पोस्ट अपडेट गर्दा र इडिट गर्दा विभिन्न समस्या देखिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्