धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो



धादिङ,फागुन २३ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । 

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। प्रउ गौतमले ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।’

प्रतिक्रिया दिनुहोस्