नयाँ सत्ता समीकरण: कुन मन्त्रालय कसको भागमा ?



काठमाडौं,फागुन २३ । लामो समयको कसरतपछि नया सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा लगाएको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएको हो ।

बुधवार बसेको गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालय माओवादीलाई दिने सहमति भएको छ । सहमति अनुसार परराष्ट्रमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ र अर्थमन्त्रीमा वर्षमान पुन जाने भएका हुन् । यसअघि नै माओवादीको तर्फबाट हित बहादुर तामाङ पनि मन्त्री बन्ने भएका छ । उनले सपथ ग्रहण पनि गरिसकेका छन् ।

यस्तै, नेकपा एमालेको भागमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारको नेतृत्वमा जाने भएको छ । एमालेबाट एक जना राज्यमन्त्री आठ मन्त्री बन्ने भएका छन् । हाल एमालेले भौतिक पूर्वाधार मन्त्रीमा रघुविर महासेठ बन्ने भएका हुन् ।

यसअघि एमालेका पदम गिरीले पनि मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । यसबाहेकको मन्त्री र मन्त्रालयको टुंगो भने लगाउन बाँकी छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीले भने तीन वटा मन्त्रालय पाउने भएको छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका हुन् । यस्तै रास्वपाका तर्फबाट शिक्षा मन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डोलप्रसाद अर्याल र युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ बन्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्