नेकपा एसबाट बन्ने भए मन्त्री जोशी र बुढा



काठमाडौं,फागुन २३ । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् ।

नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।

जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयले जनाएको छ ।

त्यस्तै, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बुधबार साँझा पौने ६ बजे हुने भनिएकोमा केही ढिला हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्