नुवाकोटमा टिफरको ठक्करबाट एक जनाको ज्यान गयो
नुवाकोट,फागुन २३ । जिल्लाको म्यागङ गाउँपालिका ६ मैवलमा टिफरको ठक्करबाट एकजनाको ज्यान गएको छ।
बुधबार दिउँसो २:३० बजे त्रिशुलिबाट सामरी मैवल जाँदै गर्दा टावर नजिकैको जंगलमा टिफरको ठक्करबाट मोटरसाइकल सवार एकजनाको ज्यान गएको हो।
बा ४ ख ८६६० नम्बरको टिफरले बा ९४ प ८४३० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार फलाटेका वर्ष ६८ का बिष्णुबहादुर तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका छोरा वर्ष २५ का सुर्यबहादुर तामाङ भने घाइते भएका छन। टिफर चालक दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

