पशुपतिमा जोगी र साधुसन्तको चहलपहल बढ्यो

काठमाडौं,फागुन २४ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने जोगी र साधुसन्तको चहलपहल बढेको छ ।
पशुपति मन्दिर भित्र प्रवेश गर्ने साधुसहित बुधवार महाशिवरात्रि पर्व व्यवस्थापन मूल समितिले शोभा यात्रा निकालेको छ ।
मंगलवार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।